भारतबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई कोरोना संक्रमण,राजपरिवार अचम्मीत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

भारतबाट नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोभिड १९ को संक्रमण देखिएको छ । नेपाल आउनु अगाडी भारतमा परिक्षण गर्दा कोभीड न देखिएपनि नेपालमा पुन परिक्षण गराउदा उनको रिपोर्ट पोजीटिभ आएसंगै राज परिवार आश्‍चर्यमा परेको छ । नेपालमा परिक्षण गर्दा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालय निकट स्रोतले जनाउको हो ।

आइतबार दिल्लीबाट काठमाडौँ फर्कदासम्म कोभिड १९ संक्रमण थिएन । संक्रमण नभएकै कारण उनी प्लेनमा आउन पाएका हुन ।

भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागी हुनु अघि र सहभागी भएपछिको दुवै परीक्षणमा पूर्वराजालाई कोभिड १९ सकारात्मक देखिएको थिएन । उनी दिल्लीबाट काठमाडौँ ओर्लेपछि पुनः परीक्षण गरेका थिए । र, त्यसमा उनको कोभिड सकारात्मक देखिएको हो ।

पूर्वराजाको सम्पर्कमा रहेकालाई उनको सचिवालयले सुरक्षित रहनसमेत आग्रह गरेका छन् । पूर्वराजा स्वदेश फर्केपछि उनलाई ठूलो भिडले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थालमा स्वागत गरेको थियो । त्यहाँ पूर्वराजा निकै भावुक बनेका थिए ।
पूर्वराजालाई विमानमा वा त्यही भिडमा कोभिड संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । उनको सचिवालय अनुसार पूर्वराजालाई कुम्भ मेलामा नै सरेको भए पनि भारतमा रहँदा सम्म त्यो देखा पर्ने अवस्थामा नरहेको र नेपाल आएपछि देखिएको हुन सक्ने अनुमान समेत लगाइएको छ ।

शनिबार दिल्लीमा उनको पीसीआर परीक्षणमा गर्दा नेगेटिभ देखिएको थियो । तर उनले नेपाल आएपछि सोमबार पुनः परीक्षणको लागि स्वाव दिएका थिए । जसको रिपोर्ट पोजिटिभ आएको हो । पोजिटिभ आए पनि स्वास्थ्य अवस्था सामान्य नै रहेको एक अधिकारीले जानकारी दिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *