भारतबाट आयातित गुणस्तरहिन चिनी प्रकरण: खाद्य प्रविधिका महानिर्देशकसहित तीन जनालाई कारबाही सिफारिस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भारतबाट आयातित चिनीको गुणस्तर परीक्षण तथा जारी गरेको दूध तथा दुग्ध पदार्थको आयात प्रज्ञापनपत्र सम्बन्धमा गठित छानबिन समितिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना जोशीसहित उपमहानिर्देशक राकेश त्रिपाठी र वरिष्ठ खाद्य अनुसन्धान अधिकृत कृष्ण राईलाई कारबाही गर्न सिफारिस गरेको छ ।

भारतबाट आयातित चिनी परीक्षणका क्रममा विभागको लापरबाही देखिएको र कानुनको समेत पालना नगरेकाले परीक्षणमा संलग्न कर्मचारी र विभागका महानिर्देशकलाई कारबाही गर्न समितिले सिफारिस गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रशासन महाशाखा प्रमुख नारायणप्रसाद रेग्मीको अध्यक्षतामा गठित छानबिन समितिले पैठारी गरिएको चिनीको गुणस्तर परीक्षणबारे जलेश्वरस्थित गुणस्तर प्रमाणीकरण कार्यालयले गरेको परीक्षणबारे विभागका महानिर्देशकलाई थाहा नहुनु र परीक्षण प्रतिवेदनको बोधार्थ प्रतिलिपिसमेत विभागमा नहुनु आश्चार्यजनक रहेको प्रतिवेदनमा उल्लेख गरेका छ । कार्यालयले आफूले सम्पादन गरेका कार्य आफ्नो तालुक निकायलाई जानकारी गराउनु, निरन्तर सम्पर्क र समन्वयमा रहनु, खाद्य जस्तो संवेदनशील विषयको परीक्षण मापदण्ड र प्रक्रिया परिभाषित नहुनु, खुला रूपमा प्राप्त नमुना परीक्षण गर्नु, लेबल र ब्याच नम्बरसमेत थाहा नपाई परीक्षण प्रतिवेदन दिनु, आफ्नै अन्तर्गतका कार्यालयका परीक्षणहरूबीच एकरूपता कायम नगराउनुजस्ता विषयमा विभागको लापरबाही र बेवास्ता देखिन्छ ।खाद्य परीक्षण प्रयोगका सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निकासी पैठारी नियन्त्रण ऐन २०१३ बमोजिम जारी गरेको आदेशसमेत पालना गरेको नदेखिएको प्रतिवेदनमा बताइएको छ ।

महोतरीको जलेश्वर भन्सार कार्यालयबाट भारतको उत्तर प्रदेश बाट फाल्गुन २५ गते अनुष्का मल्टिीपरपोज कम्पनी प्रा.लि. ले म्याद गुज्रेको र खान योग्य नभएको ७२ मे टन चिनि भिठामोड भन्सार कार्यालयमा भन्सार राजस्व तिरेर नेपाल ल्याएको छ । ६० लाख रुपैया पर्ने चिनिको २३ लाख ५० हजार ९ सय ९४ रुपैया भन्सार तिरेर अनुष्का मल्टिपर्पोज प्रालिले भन्सारकै कर्मचारीको मिलोमतोमा नेपाल प्रबेश गराएको सो चिनी सम्भावली सुगर लिमिटेड भारतबाट किनेको थियो। काठमाडौं लाने चिनी जलेश्वर ‘भन्सारले मिलेमतोमा छाडे पनि राजस्व अनुसन्धान विभागले बाराबाट समातेको थियो।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *