भारतको ३ टेलिभिजनले पैसा दिएर टीआरपी बढाएको आरोप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भारतको मुम्बई प्रहरीले टि आर पी बढाउनको लागि केही सञ्चार माध्यमले पैसा बाड्ने गरेको आरोप लगाएको छ। मुम्बई पुलिस कमिस्नर परमवीर सिंहले पत्रकार सम्मेलन मार्फत टीआरपी बढाउनको लागि पैसा दिने सञ्चार माध्यममा रिपब्लिक टिभी पनि रहेको जानकारी दिएका छन्। रिपब्लिक टिभीसँगै पैसा दिने र्‍याकेटमा सम्लग्न तीनओटा च्यानल रहेको उनले बताए।

यो भानाई आएपछि रिपब्लिक टिभीका तर्फबाट भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया आइसकेको छैन।

कमिस्नरका अनुसार अन्य दुई मराठी टेलिभिजन छन्। सिंहका अनुसार टिआरपीको सम्बन्ध विज्ञापनसँग रहेको र टीआरपीमा थोरै घटबढ भए करोडौँको आम्दानीमा असर पर्छ। प्रहरीले यो मद्दामा दुई जनालाई पक्राउ समेत गरेको र २० लाख बरामद गरेको पनि उनले बताएकाछन्।

रिपब्लिक टेलिभिजनले स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको विषयमा शनशनीपूर्ण सामग्री प्रस्तुत गरेको थियो। विवादास्पद सञ्चारकर्मी आर्नव ग्वस्वामी पनि यही सञ्चारमाध्यममा काम गर्छन् र उनी स्वयप पनी भारतमै पटक पटक विदादीत रहदै आएकाछन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *