भारतको सर्बोच्च अदालतको फैसलाले जनकपुरमा खुसीयाली

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भारतको सर्बोच्च अदालतले अयोध्याको विवादित जमिन माथि राम जन्मभूमि न्यासको हक सम्बन्धि निर्णय गरेपछि जनकपुरमा खुसीयाली मनाइएको छ । भगवान रामको ससुराली जनकपुरमा सर्वसाधारण र साधुसन्तले अविर दलेर खुसी साटासाट गरेका हुन ।

रामभूमि अयोध्याको भूमि हिन्दुहरुकै भएको भन्ने भारतको सर्बोच्च अदालतले फैसला गरेपछि नेपालमा पनि खुसीयाली मनाइएको छ । रामको ससुराली जनकपुरमा सर्वसाधारणले मिठाइ बाँडनुका साथै अविर दलेर खुसी साटासाट गरेका हुन ।

अयोध्यामा विवादित स्थलमा राम मन्दिर मन्दिर बन्ने भएपनि ससुराली शहरका बासिन्दा खुसी भएका हुन । फैसला लगत्तै जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिर पुगी दर्जनौ व्यक्तिले मिठाई बाँडेका हुन । मन्दिरमा रहेका साधुसन्तहरुले एकअर्कासंग अंगालो हालेर बधाई दिएका छन । फैसला जनकपुरधामको लागि पनि ऐतिहासिक दिन भएको जानकी मन्दिरका महन्थले बताए ।
फैसलाको खुसीमा जानकीमन्दिरमा दीपावली समेत गरिने भएको छ । भगवान राम मिथिलाको ज्वाई रहेकाले अयोध्याको खुसी पूरै मिथिलाबासीको खुसी भएको साधुसन्त र सर्वसाधारणको भनाइ छ ।

जनकपुरका घरघरमा अहिले हर्षबढाई भइरहेको छ । मुद्दाको किनारा लागेसँगै रामललाको अयोध्यामा भब्य मन्दिर बनोस भन्ने चाहाना जनकपुरबासीले राखेका छन् ।

फैसलाले हिन्दु मुस्लिम सदभाव बढाउन सहयोग गर्ने अपेक्षा पनि जनकपुरका बासिन्दाले राखेका छन् । अदालतको फैसला हिन्दुहरुका लागि ऐतिहासिक र जनकपुरका बासिन्दाका लागि गर्वको विषय भएको स्थानीयको बुझाई छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *