भारतको केरलमा बाढि र पहिरो, कम्तीमा १५ को ज्यान गयो

अविरल बर्षासंगै भारतको केरल इडुक्की जिल्लामा गएको भीषण पहिरोमा परी कम्तीमा १५ जनाको ज्यान गएको छ।पहिरोमा ६० जना बेपत्ता समेत भएका छन्। थप ६० जना अझै पनि पुरिएको आशंका गरिएको छ।
केरलमा मुख्यमन्त्री पिनारई विजयनका अनुसार १५ जनाको मृत्यु पुष्टि भइसकेको र ५० जनालाई बचाउन सफल भईएको छ।यो घटना मुख्य पर्यटकीय सहर मुन्नारको राजामलाई क्षेत्रमा भएको हो।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा दुःख प्रकट गरेका छन्। यो दुःखमा आफू पीडितका परिवारसँगै रहेको उनले बताएका छन्। उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
पहिरो पीडितका परिवारलाई आर्थिक सहयोगको घोषणा पनि गरिसकिएको छ। प्रधानमन्त्री आपदा कोषबाट मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार दिने मोदीले ट्विटरमा उल्लेख गरेका छन्।
(Visited 1 times, 1 visits today)