भारतको उत्तरप्रदेशमा ट्रक रबस ठोक्किएर आगो लाग्दा २० जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भारत उत्तरप्रदेशको कन्नौजमा ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा २० जनाको ज्यान गएको छ । अन्य २१ जनालाई बसबाट उद्धार गरिएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस कन्नौजको गुरसहाय गञ्जबाट जयपुरका लागि छुटेको थियो ।

मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुख व्यक्त गर्दै दुर्घटनामा परि घाइते भएकाहरुको उपचार सरकारले गर्ने बताएका छन् । सरकारले घाइतेको उपचारका लागि ५०-५० हजार र मृतकका परिवारलाई २र२ लाख रुपैयाँ राहतस्वरुप दिने उनले घोषणा पनी गरेकाछन् । साथै मुख्यमन्त्री आदित्यनाथले घटनाको अनुसन्धान गर्न स्थानीय प्रशासनलाई निर्देशनसमेत दिएका छन् ।

यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा मृत्यु भएका परिवारप्रति समवेदना प्रकट गर्दै दुःख व्यक्त गरेका छन् । ट्वीट गर्दै उनले घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *