भागरथी हत्या प्रकरणः घटनास्थल पुगे प्रदेशका डीआईजी, मोबाइलको अनुसन्धान गर्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भागरथी हत्या प्रकरणमा आवश्यक निर्देशन, अनुसन्धान र निरीक्षणका लागि प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रमुख बैतडी पुगेका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका– कतोला चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या अनुसन्धानका लागि आवश्यक निर्देशन दिन र अनुसन्धान तथा निरीक्षणका सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तम सुवेदी बैतडी पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अनुसन्धानलाई थप निर्देशन दिनका लागि प्रमुखज्यू आइतबार बैतडी जानुभएको हो,’ सुदुरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले सञ्चारमाध्यमहरुलाई बताए ।

यसअघि जिल्ला प्रहरी कार्यालय बैतडीको टोलीले अनुसन्धान गरिरहेको अवस्थामा थप सहयोगका लागि एसएसपी जनक पाण्डेको टोली बैतडी गएको थियो ।अहिले घटनाको अनुसन्धानका लागि सीआईबीको टोली, सीडीओ, सरकारी वकिलको कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका बैतडीका प्रमुख र प्रदेश प्रहरी कार्यालयका एसएसपीको टोली अनुसन्धानमा खटिएको छ ।

एसएसपी सिंहका अनुसार अहिले प्रहरीले मृतक भागरथीका आफन्त र साथीभाइसँग सोधपुछ गरी अनुसन्धान भइरहेको छ । आइतवार विद्यालय खुलेकाले भागरथीसँग अध्ययन गर्ने साथीभाइहरूसँग सोधपुछको काम भइरहेको छ’ एसएसपी सिंहले बताए ।

लबलेक सामुदायिक वनमा उनको शव भेटिएकाले कसले हत्या गरेको हो वा बलात्कारपछि हत्या भएको भन्न सकिँदैन, रिपोर्ट आएपछि मात्र अन्य तथ्य खुल्ला,’ एसएसपी सिंहले भने ।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जनकबहादुर धामीका अनुसार भागरथी विद्यालय आउने जाने सडकमा हिँड्ने ट्याक्टर चालक र अन्य व्यक्तिहरूसँग पनि सोधपुछ भइरहेको उनले बताए ।

घटनास्थलमा भागरथीले प्रयोग गर्ने मोबाइल फेला परेको छ त्यसको पनि अनुसन्धान भइरहेको छ,’ प्रवक्ता धामीले भने । बुधवार घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीवार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा शव नजिकैको लबलेक सामुदायिक वनमा फेला परेको थियो ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार सडकबाट झण्डै ५० मिटर तल झाडीमा भेटिएकी भागरथीको टाउकोमा चोट लागेको छ ।

‘घाँटीमा थिचेर हत्या गरेको जस्तो देखिने मार्क पनि छ हातमा कोतरिएको देखिन्छ,‘ ती प्रहरी अधिकारीले भने, ‘यौनाङ्गमा रगत देखिएकाले बलात्कारपछि हत्या भएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ, तर पोस्टमार्टपछि सबै रिपोर्ट बाहिर आउने छ ।

(Visited 44 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *