भन्सार छलेर नेपाल ल्याउन खोजिएका हार्डवेयरका सामानहरु बरामद

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कञ्चनपुरको पुनर्वासमा भन्सार छलेर अबैध बाटोबाट नेपाल ल्याउन खोजिएका हार्डवेयरका सामानहरु सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलौरीबाट खटिएको मोबाइल गस्ती टोलीले सोमबार बिहान बेवारिसे अवस्थामा रहेको अन्दाजी रु १ लाख १० हजार ४ सय मुल्य बराबरको हार्डवेयरका सामानहरु बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलौरीका सशस्त्र प्रहरी निरीक्षक रोशन राज नाथका अनुसार, पुनर्वास नगरपालिका वडा नम्बर ६ ङ गाउँ नजिकै दशगजा बोर्डर इलाकाको जामुनघारीमा २ वटा साइकलमा लोड गरी लुकाई बेवारिसे अवस्थामा रहेको फलामका विभिन्न सामग्री सहित हार्डवेयरका सामानहरु बरामद गरी त्रिनगर भन्सार कार्यालयमा पठाइएको छ ।

(Visited 1 times, 2 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *