भदौ १ देखि आन्तरिक र अन्तरराष्ट्रिय उडान खोल्ने सरकारको निर्णय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

रासस सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार उडान सम्बन्धी आवश्यक तयारी तथा प्रोटोकल कार्यविधि भने मन्त्रालयले तयार पार्नेछ । आन्तरिक तथा अन्तरराष्ट्रिय व्यवसायिक उडान गत चैतदेखि नै बन्द हुँदै आएको थियो । कोरोनाको जोखिम बढ्ने देखेपछि सरकारले सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो । आवश्यक तयारी गरेर उडान शुरु गर्ने निर्णय भएसँगै लामो समयदेखि बन्द भएको हवाई यातायात समेत खुल्ला हुने भएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *