भडेललाई जिताउन दोलखा कांग्रेस भक्तपुर छिर्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भक्तपुर । मंसिर १४ को उपनिर्वाचन नजिकिदै गर्दा निर्वाचन हुने जिल्लाहरुमा उम्मेद्वारले घरदैलो अभियानलाई तिव्रता बनाएका छन् । भक्तपुर क्षेत्र नं। १ मा हुन लागेको उपनिर्वाचनका लागि पनि उम्मेद्वारहरुलाइ घरदैलो गर्नमा भ्याइनभ्याइ छ । नेपाली कांग्रेसबाट उम्मेद्वार दिएका कृष्णलाल भडेल निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न निरन्तर सक्रिय छन् ।

नेपाली कांग्रेसले भक्तपुरमा पुराना त्यागी नेता भडेललाइ टिकट दिएपछि केन्द्र र विभिन्न जिल्लाका नेताहरु आफ्ना उम्मेद्वारलाई सघाउन भक्तपुर पुगेका छन् । नेपाली कांग्रेस दोलखाले भडेललाई जिताउन दोलखाबाट बसाइसराइ गरि भक्तपुरमा स्थायी रुपमा बसोबास गरिरहेका मतदाताहरुलाई रुख चिन्हमा मतदान गर्न अपिल गरेका छन् । यतिमात्र होइनकि जितको नजिक रहेका भडेललाई कांग्रेस दोलखाले गोविन्द दाहालको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति समेत गठन गरेको छ ।

भडेलको निर्वाचन क्षेत्र दुवाकोटमा नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिले चुनावी सभाको समेत आयोजना गरेको थियो । चुनावी सभालाई संवोधन गर्दै कांग्रेस उम्मेद्वार भडेलले उपनिर्वाचन वर्तमान सरकारको रवैया विरुद्धको जनमत संग्रह भएकाले रुख चिह्नमा मतदान गर्न आग्रह गरे । कांग्रेस दोलखाले आफ्नो जितको लागि चुनावी सभा गरेकोमा उनले धन्यवाद समेत दिए ।

उक्त चुनावी सभामा नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का, पूर्व सभापतिहरु ताराबहादुर कोइराला, उद्धव काफ्ले, महासमिति सदस्य बर्मा लामा, इश्वरनारायण मानन्धर, नेताहरु सिर्जना सुवेदी, नरहरी सुवेदी, श्यामराजा खड्का, फुर्वा लामा, तरुण दलका नेताहरु कुमार अधिकारी, पदम पाठक, विमल आचार्य, लालकुमार मोक्तान र नेपाली कांग्रेस भक्तपुरका नेता कार्यकर्ताहरुको उल्लेख्यसहभागिता रहेको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *