भक्तपुर शव फेला प्रकरण : थप पेचीलो बन्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ को निकोसेरा स्थित एक घरमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् ।

महानगरीय प्रहरी वृत्तका अनुसार शुक्रबार वर्ष ३६ का सुदीप अधिकारी, श्रीमती वर्ष ३४ की सम्भना अधिकारी र छोरा वर्ष १५ का सुशान्त अधिकारीको शव घरमै फेला पारिएको हो । महानगरीय प्रहरी वृत्तले यस घटनाबारे अनुसन्धान थालेको बताएको छ ।घरको दोश्रो तल्लामा श्रीमती सम्झना अधिकारी र कुकुरको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदीप अधिकारीको शव फेला परेको बताइएको छ ।

केही दिन पहिले नै घटना भएको जस्तो देखिएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेका केन्द्रीय अनुसन्धान ब्युरो सिआइबिका एसपी बेल बहादुर पाण्डेले शब सड्न थालेको पाइएकाले केही दिन अघि नै मृत्‍यु भएको हुनसक्ने बताए।

उक्त घटना कहिले भएको र कसले गरेको भन्ने विषयमा अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *