भक्तपुरस्थित ऐतिहासिक पाँचतले न्यातपोल मन्दिरको जीर्णोद्धार सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भक्तपुरस्थित ऐतिहासिक पाँचतले न्यातपोल मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ ।
फागुनदेखि शुरु भएको जीर्णोद्धारको काम बन्दाबन्दीले बीचमा करीब एक महीना रोकिएपछि वैशाखदेखि पुनः शुरु भएको थियो । त्यसपछि जीर्णोद्धारले तीव्रता पाएपछि गत महिना जीर्णोद्धार सम्पन्न भएको हो । जीर्णोद्धारको अनुमानित लागत भन्दा आधा कम बजेटमा सम्पन्न भएको भक्तपुर नगरपालिकाले जनाएको छ ।

सम्पदा पुनर्निर्माणमा स्थानीय उपभोक्ता समिति परिचालन गर्दै आएको नगरपालिकाले न्यातपोलको जीर्णोद्धारका लागि रु. ६५ लाख १३ हजार बजेट छुट्याएको थियो । तर, नगरबासीको श्रमदानले गर्दा करीब २९ लाखमा सम्पन्न भएको नगरपाालिकाले जनाएको छ ।

३१७ वर्ष पुरानो यो मन्दिर १२ वैशाख २०७२ मा आएको भूकम्पले क्षति पु¥याएको थियो । १०८ फिट अग्लो यो मन्दिर नेपाल सम्वत ८२२ मा राजा भूपतीन्द्र मल्लले निर्माण गरेका थिए । यसअघि वि.सं २०१९ मा र २०५६ मा मन्दिरको जीर्णोद्धार भएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *