ब्राउन सुगरसहित एक युवक पक्राउ

सिरहा, सिरहाको नरहा गाउँपालिकाबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवालाई शुक्रबार पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नरहाले सिरहा–चोहर्वा सडकखण्डको नरहा गाउँपालिका वडा नं। ५, हनुमानचोकमा चेकजाँचको क्रममा नरहा गाउँपालिका ५ बस्ने २० वर्षीय इन्द्रजित यादवलाई पक्राउ गरेको हो ।
स–सानो प्लाष्टिकमा पोका पारेको अवस्थामा ब्राउन सुगर बरादम गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
४६ वटा स–सानो प्लास्टिकको पोकामा तयार पारीएको २ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
(Visited 1 times, 1 visits today)