बोत्स्वानामा हात्तीहरु भकाभक भर्नुको कारण यस्तो रहेछ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बोत्स्वाना अधिकारीहरूले पानीमा भएको ब्याक्टेरियाका कारण पछिल्लामा महिनाहरूमा सयौं हात्ती मरेको निष्कर्ष निकालेका छन्।दक्षिणी अफ्रिकामा अवस्थित भूपरिवेष्ठित मुलुक बोत्स्वानामा हात्तीहरूको रहस्यमय मृत्यु भएपछि गत जुलाईमा अनुसन्धान थालिएको थियो। मरेका हात्तीहरूबाट स्याम्पल संकलन गर्न सैनिक र जहाजको प्रयोग गरिएको थियो।

‘हामीले गरेको परीक्षणबाट हात्तीको मृत्युको कारण साइनाउब्याक्टेरिया देखिएको छ। यो पानीमा हुने ब्याक्टेरिया हो,’ बोत्स्वानाको वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागका भेटेरिनरी अधिकृत एममाडी रेउबेनले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने,‘अझै पनि कति प्रश्नहरू अनुत्तरित नै छन्।

एउटा विशेष ठाउँमा अरू जनावर नमरेर हात्तीमात्र किन मरे भन्ने प्रश्नको उत्तर अझै पत्ता लागेको छैन।’उनले यसबारे विभिन्न अडकल गरे अनुसन्धान जारी रहेको पनि बताए।सोही पत्रकार सम्मेलनमा बोल्दै विभागका उपमहानिर्देशक सिरिल ताओलोले ३३० हात्तीको रहस्यमय मृत्यु भएको जानकारी दिए। गत जुलाईमा मृत्यु हुने हात्तीको संख्या २८१ भनिएको थियो।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *