बोक्सीको आरोपमा कुटपिट गरी फरार रहेका प्रतिवादी पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सीको आरोपमा कुटपिट गरी फरार रहेका एक जनालाई प्रहरीले बुधवार पक्राउ गरेको छ । बोक्सी कसुर अन्तर्गतको मुद्धामा फरार प्रतिवादीहरु मध्ये नवराजपुर गाउँपालिका वडा ५ का २० वर्षीय सन्तोष यादवलाई प्रहरी टोलिले पक्राउ गरेको हो । २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको जनाएको छ ।

नवराजपुर गाउँपालिका वडा ५ का राम नारायण यादवको श्रीमती मुर्ती देवि यादवलाई गत भदौं २७ मा घरबाट राती ११ बजे बोलाएर धर्मनाथ यादवको घरमा लगेर बोक्सीको आरोपमा सामुहिक रुपमा कुटपिट गरी गरेको थियो । त्यस कुटपिटवाट २ वटा दाँत भाँचिएको र मरणासन्न हुने अवस्थामा उपचार गर्ने लाहान लगिएको थियो ।

बोक्सीको आरोपमा कुटपिट संगै मलमूत्र पनि खुवाएको पीडितका छोरा गणेश यादवले बताए ।
उक्त घटनामा राम नारायण यादवको जाहेरीले दर्ता गराएपछि बोक्सी आरोपमा कुटपिट र मलमूत्र खुवाउने भनेर कृष्ण यादव, धर्मनाथ यादव र सन्तोष यादव सहित ८ जना रहेको किटानी गरेको छ ।

संयुक्त प्रहरी टोलिले जाहेरी दर्ता गरेसंगै फरार रहेकाहरुको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता डिएसपी शालिग्राम पौडेलले बताए । संयुक्त प्रहरी टोलिले २ फरार रहेका आरोपीमध्ये एक जनालाई भारत सीमा क्षेत्र नजिक सिरहाको ठाडी स्थितबाट नियन्त्रणमा लिएको र अन्यको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *