बैतडी डोजर प्रकरण : आक्रमणमा उत्रेकाहरु पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बैतडीको ग्वाललेकमा बाटो खन्ने विषयमा विवाद भएपछि आक्रमणमा उत्रेकालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयवासीमाथि भएको अमानवीय आक्रमणमा संलग्न डोजर चालक सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

दशरथचन्द नगरपालिका २ देहिमाण्डौ बस्ने डोजर चालक किशोर बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै उपभोक्ता समितिका थप तीनजनालाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । उनिहरुमाथि सोधपुछ भइरहेको र दाषी देखिए कारवाही गर्ने प्रहरीको भनाई छ ।

एक आपसमा कुटाकुट भएपछि सात जना घाइते भएका थिए । डोजरको आक्रमणमा परेकी महिला गौरी जोशीको नेपालगंज उपचार भइरहेको छ । सडकको बिषयलाई लिएर दुबै पक्षका आ आफ्नै तर्क छन् र उनिहरु एक अर्कालाई दोषी खाइरहेका छन् । दुबै पक्षले अन्यायमा परेको दाबी गर्दै कानुनी सहायता खोज्ने बताइरहेका छन् । जिल्ला प्रशासन कार्यालयले डोजर नियन्त्रणका लागि स्थानीय सरकारहरुलाई बारम्बार अनुरोध गर्दै आएपनि स्थानीय सरकारले टेरेका छैनन् ।

जग्गादाताहरुले भने बिवाद न्यूनिकरण गर्न केही समय माग गरिएको अवस्थामा जबरजस्ती डोजर चलाउँदा प्रतिकारमा उत्रिएको बताएका छन् । दशरचन्द नगरपालिकाका मेयर नरेन्द्र सिंह थापाले सडकमा चर्को बिवाद रहेकाले केही समय निर्माण कार्य रोक्न आग्रह गरेका थिए ।यो खबर एभिन्यूज खबरले प्रसारण गरेपछि सबैको ध्यानकेन्द्रीत भएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *