•  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको बिषयलाई लिएर बुधवार झडप हुँदा गाउँपालिका अध्यक्षसहित १४ जना घाईते भएका छन्। सुर्नया खोला वारि र खोला पारि केन्द्र राख्ने बिषयमा गाउँपालिकामा तीन दिन अघि लगाईएको ताला अध्यक्षले प्रहरी लगाएर खोल्ने क्रममा सुर्नया गाउँपालिका संघर्ष समितिबीच झडप हुँदा १४ जना घाइते भएका हुन्।

झडपमा गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्ट र चार जना प्रहरी समेत घाईते भएका छन्।यस्तै संघर्ष समितिका ९ जना घाईते भएको जनाईएको छ।

गाउँपालिको केन्द्रका बिषयमा बिवाद हुदाँ स्थानियबासिले तालाबन्दी गरेका थिए। गाउँपालिकाले असोज २२ गते केन्द्र सार्ने निर्णय गरेको थियो।

By editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *