बैतडीको डिलाशैनी गाउँपालिकामा आगजनी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। बुधवार बिहान ३ बजे गाउँपालिकाको वडा नं ३ पन्सेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो।

यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कोर्पियोमा पनि आजगनी गरिएको छ। गाउँपालिकाले भाडामा लिएको सो स्कार्पियो गाडी नेकपाका अध्यक्ष सुरेन्द्र पालले चढ्दै आएका थिए ।

डिलाशैनी गाउँपालिका ३ पन्सेरास्थित अध्यक्ष पालकै घरको मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको छ। पालकै से १ च ४५९ नम्बरको जेसिबिमा पनि आगजनी गरिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *