बैतडीकी १७ वर्षीया भागीरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बैतडीको दोगडाकेदार नगरपालिका ७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । भट्टको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिएकाछन् ।

घटनास्थलबाट बरामद गरिएका विभिन्‍न सबुत प्रमाणका आधारमा थप अनुसन्धान जारी रहेको पनी उनको भनाइ छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्टका आधारमा भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको प्रहरीले जनाएको छ ।

भट्टको घाँटी लगाएत यौनांगमा घाउ रहेको पनी स्रोतले जानकारी दिएको छ । ‘उनको घाँटीमा निलडाम छ,’ प्रहरी स्रोत भन्छ, ‘यौनाङ्गमा पनि घाउ छ ।’ उनको पोष्टमार्टम रिपोर्ट सोमबार सार्वजनिक गर्ने तयारी प्रहरीको रहेको छ ।

(Visited 91 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *