बैकर अनिल केशरी शाहलाई कोरोना संक्रमण
बैकर अनिल केशरी शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो । बुधबार गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।
तर स्वाद र गन्ध थाहा नहुने लक्षण देखिएपछि उनले आइसोलेसनमा बसेर फेरि स्वाब परीक्षण गराउदा रिपोर्ट पोजेटिभ आएको हो । संक्रमण पुष्टि भएपछि शाह होम आइसोलेसनमै बसेका छन ।