बैंग्लोरका कप्तान विराट कोहलीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

इन्डियन प्रिमियर लिग आइपिएल ले रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गराएको छ । लिग अन्तर्गत गएराति किंग्स ११ पञ्जाव विरुद्धको खेलमा स्लो ओरभ गरेको भन्दै उनलाई जरिवाना गरिएको हो ।

आइपिएलका अनुसार ‘न्यूनतम ओभर गति उलङ्घन’ सँग सम्बन्धित नियम अनुसार कोहलीलाई जरिवाना गरिएको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा बैंग्लोरले ९७ रनको फराकिलो हार बेहोरेको थियो ।

विराट कोहलीबाट २ पटक जीवन दान पाएका पञ्जावका कप्तान केएल राहुलले १३२ रनको अविजित पारी खेलेपछि पञ्जावले २०६ रनको विशाल योगफल तयार पारेको थियो ।

कोहलीले राहुल ८३ तथा ८९ रनको व्यक्तिगत स्कोरमा रहदा क्याच मिस गरेका थिए । २०७ रनको लक्ष्य पछ्याएको बैंग्लोर १०९ मा अलआउट भएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *