बैंकिङ कसुरका फरार अभियुक्त सत्यनारायणप्रसाद रौनियार काठमाडौंको रातोपुलबाट पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले उच्च अदालत पाटनबाट ४५ दिन कैद र ७० लाख जरिवाना ठहर गरेका बैंकिङ कसुरका अभियुक्त वीरगञ्जका सत्यनारायणप्रसाद रौनियारलाई काठमाडौंको रातोपुलमा पक्राउ गरेको छ।

अदालतले १० चैत ०७५ र २७ फागुन ०७६ मा गरेका फैसलाअनुसार वीरगञ्ज महानगरपालिका–६ माईस्थान बस्ने ५८ बर्षिय रौनियारलाई ४५ दिन कैद र ७० लाख जरिवाना ठहर गरेको थियो । उनी फरारको सूचीमा थिए।

विशेष सूचनाको आधारमा बुधबार रौनियारालाई काठमाडौंको रातोपुलमा पक्राउ गरी पर्सा जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ।

रौनियाराले आफ्नो खातामा पर्याप्त रकम नभए पनि २ वर्ष अघि मन्दीप कुमार थापा र सन्तोष कुमार चौधरीलाई झुक्याई सापटी लिएको रकम फिर्ता गर्नका लागि भन्दै बिभिन्न बैंकबाट भुक्तान हुने गरी ७० लाख बराबरको चेक दिएका थिए ।

रकम हात नलागेपछि पीडितले चेक बाउन्स गरी अदालतमा मुद्दा हालेका थिए। सोही मुद्दामा उच्च अदालत पाटनले बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३ ग बमोजिमको कसूरमा दफा १५(१) बमोजिम रौनियारालाई ४५ दिन कैद र ७० लाख जरिवाना ठहर गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *