बैंकका सीईओहरुलाई प्रहरीको आग्रह: सिस्टम र एटिएम बुथको सुरक्षामा ध्यान दिनुस्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – पछिल्लो एक महिनामै दुईपटक नेपाली बैंकमाथि साइबर हमला भएपछि प्रहरीले बैंकका सिइओहरुसँग बैंक सुरक्षाबारे छलफल गरेको छ । महानगरीय अपराध महाशाखाले काठमाडौंका विभिन्न ३१ ओटा बैंकका सिईओलाई बोलाएर बैंक सुरक्षाबारे छलफल गरेको होे ।

वित्तीय क्षेत्रमा हाल भइरहेको आपराधिक तथा गैरकानूनी कृयाकलापका साथै बैंकहरुको प्रणालीगत सुधार तथा भौतिक सुरक्षालगायतका विषयमा छलफल भएको महाशाखाका एसएसपी सहकुल थापाले बताए । एसएसपी थापाले भने, ‘‘हामीले बैंकको सिस्टम र एटिएम बुथको सुरक्षामा ध्यान दिन आग्रह गरेका छौं । कुनै पनि प्रकारका शंकास्पद गतिविधि भए प्रहरीमा खबर गर्न भनेका छौं ।’’
ह्याकरहरुले चाडपर्वको समयमा बैंकलाई निसाना बनाउन सक्ने भएकाले त्यसतर्फ सचेत रहन समेत आग्रह गरेको एसएसपी थापाले बताए । बैंकको आन्तरिक तथा बाह्य सुरक्षामा सतर्कता अपनाउन र तत्काल सूचना प्रदान गर्न महाशाखाले आग्रहसमेत गरेको छ । बैंकरहरुले वित्तिय क्षेत्रमा हुने आर्थिक आक्रमणमा विदेशी नागरिकको संलग्नता रहेको भन्दै विदेशी नागरिकको नेपाल भित्रिने स्थानबाट नै उनीहरुमाथि निगरानी बढाउन आग्रह गरे । बाह्खरीबाट साभार

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *