बेंगलोर टस जितेर फिल्डिङमा, पन्जाबमा दुई परिवर्तन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

इन्डियन प्रिमियर लिग आइपिएल २०२० को छैटौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलेभेन पन्जाबविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको टसमा बेंगलोरका कप्तान विराट कोहलीले पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । पन्जाबले आज टोलीमा दुई परिवर्तन गरेको छ । पहिलो खेलमा दिल्ली विरुद्ध खराब प्रर्दशन गरेका क्रिस जोर्डनको स्थानमा अलराउन्डर जेम्श निशमलाइ मौका दिएको छ । जोर्डनले ४ ओभरमा ५६ रन खर्चेका थिए ।

त्यस्तै कृष्णाप्पा गौथमको स्थानमा मुरुगन आश्विनलाई पन्जाबले मैदान उतारेको छ । निशम आउदा पन्जाबको तल्लोक्रम ब्याटिङ बलियो हुने छ । बेंगलोरले टोलीमा परिवर्तन गरेको छैन ।

बेंगलोर लगातार दोस्रो जित निकाल्ने सोचमा छ । बेंगलोरले पहिलो खेलमा हैदराबादलाई १० रनले पराजित गरेको थियो । पन्जाब पहिलो खेलमा सुपर ओभरमा दिल्लीसँग पराजित भएको थियो ।

बेंगलोरको प्लेइङ ११ स् आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान) एवी डि भिलियर्स, जोश फिलिपे (विकेटकिपर), शिवम दुबे, वासिन्टन सुन्दर, उमेश यादव, नवदीप सैनी, डेल स्टेन र युजभेन्द्र चहल ।

पन्जाबको प्लेइङ ११ : लोकेश राहुल (कप्तान तथा विकेटकिपर), मंयक अग्रवाल, करुण नायर, शरफराज खान, ग्लेन म्याक्सवेल, निकोलस पूरन, मुरुगुन आश्विन , जेम्श निशम , रबि बिश्रोई, मोहम्मद शामी र शेल्डन कटरेल

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *