बुधवार थप २ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि,११ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

नेपालमा बुधवार थप २ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ८ हजार ८ सय ४४ वटा नमुना पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार २ सय २० र एन्टिजेन विधिबाट ८ सय ३ वटा नमुना परीक्षण गर्दा १ सय ३१ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९० हजार ९ सय १८ पुगेको छ । नेपालमा संक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ रहेको छ । तिमध्ये ८ सय ३६ जना संस्थागत र होम ९ हजार ७ सय ८६ जना रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ८७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ७६ हजार ९३ पुगेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *