बुधबार थप ३३०९ जनामा कोरोना पुष्टि,३० जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालमा बुधबार थप ३३०९ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । बुधबार काठमाडौ १५७० , भक्तपुरमा ११९ र ललितपुरमा १८९ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै कोरोनाका कारण थप ३० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १०३४ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार ३८४४ जना कोरोना मुक्त भएका छन् भने हालसम्म १ लाख ४४ हजार ९७८ जना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हाल आइशोलेशनमा ३६ हजार ९११ क्वारेन्टाइनमा १३०५ जना रहेका छन् । हालसम्म १४ लाख ९४ हजार १२२ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *