बुटवल कोरोना अस्पतालमा भेन्टिलेटरमा राखिएका २ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

रुपन्देहीको बुटवलमा संचालित कोरोना विशेष अस्तपालमा उपचारत दुई पुरुषको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ। उनीहरु दुबै कपिलबस्तुका हुन्।लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकृत डा बिष्णु गौतमका अनुसार कपिलबस्तुको कृष्णनगर नगरपलिका १२ का २५ वर्षका युवक र तौलीहवाका ४२ वर्षे पुरुषको उपचारका क्रममा ज्यान गएको हो।

मृतकमध्ये ४२ वर्षीय पुरुषको कोरोना रिर्पोट पोजेटिभ आएको छ भने अर्का एक व्यक्तिको पिसिआर रिर्पोट आउन बाँकी रहेको अस्पताल स्रोतले जानकारी दिएकोछ।कोरोना रिपोर्ट पोजेटिभ आएका ४२ वर्षीय पुरुष साउन २५ गते उपचारका लागि अस्पताल भर्ना भएका थिए। भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको डा गौतमले बताए। २५ वर्षीय युवकको भने स्वाब परीक्षणमा पठाइएको छ। उनी सोमबार राति अस्पताल भर्ना भएका थिए।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *