बुटवलमा बालबालीकाले गरे अपाङग आश्रममा खाद्यान्न सहयोग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बुटवलमा हालसालै स्थापना भएको जुनीयर सोसल क्लबले अपाङग आश्रममा खाद्ययान्न वितरण गरेको छ । विश्वभर महामारीको रुपमा फैलीएको कोरोना भाईरसले सारा विश्वलाई आक्रान्त पारीरहेको र लकडाउनको समयमा सानासाना भाईबहिनीहरुले स्थापना गरेको जुनीयर सोसल क्लब  बुटवलले  अपाङग आश्रममा खाद्ययान्न वितरण गरेको हो ।

बुटवलको प्रगतीनगर स्थीत नेपाल अपाङग आश्रममा शुक्रबार क्लबले चामल,दाल,जुस,तेल,नुन,बेसार कपडा, सरसफाईका सामाग्री,विस्कुट,लगाएतका खाद्यान्न वितरण गरेको छ ।आश्रममा एक कार्यक्रमको आयोजना गरि अपाङगता भएका व्यत्तिहरुलाई सामाग्री वितरण गरिएको क्लबले   जनाउको छ । उत्त आयोजीत कार्यक्रमको अध्यक्षता दिप्सन अधिकारीले गरेका थिए । अध्यक्ष अधिकारीले समाजमा असहायहरुलाई केहि सहयोग गर्ने उदेश्यले आफुहरु एकजुट भएर आश्रममा सहयोग गरेको बताए ।

क्षमता भएकाहरुभन्दा यस्ता अपाङगता भएकाहरुलाई सहयोग गर्नपाउदा आफुहरु निक्कै हर्षित भएको उनको प्रतीक्रिया रहेको थियो । कार्यक्रममा नेपाल अपाङग आश्रमका अध्यक्षले आफुले यस्ता सानासाना बालबालीकाले गरेको यस प्रकारको सहयोगको कार्यक्रम देख्दा निक्कै खुसी भएको प्रतीक्रीया दिएका थिए । आयोजीत कार्यक्रममा सहभागी कल्बका सदस्यहरुले आगामी दिनहरुमा पनी आफुहरु यसप्रकारका सहयोग गरिरहने बताएका थिए । कार्यक्रम शुक्रबार विहान १० बजेदेखि दिउसो १२ बजेसम्म सञ्चालन भएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *