बुटवलमा गगन थापाको गनगन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाली कांग्रेसका युवा नेता गगन थापाले बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार संविधानले नदिएको बताएका छन् । उनले संविधानका कुनै पनि धारा, उपधाराले बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँने व्यवस्था नभएको प्रष्ट पारे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटनको कदम गैर संबैधानिक र अलोकतान्त्रिक भएको नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाको दाविगरेकाछन् । बुटवलमा ओयोजित बिरोध सभामा बोल्दै उनले अरूका भाषण र कुरावाट अदालत प्रभावित हुन नहुने वताए ।

नेपाली कांग्रेस बुटवल नगर समितिले बिहिवार आयोजना गरेको विरोधसभामा बोल्दै नेता थापाले संविधान लेख्दा नशामा लठ्ठ परेर नलेखेको भन्दै उनले प्रधानमन्त्रीले संसद विघटन गर्नु असंवैधानिक कदम भएको बताए ।

संविधान पल्टाएर, बुझेर, जानेरै संविधानको धारा ७६ लेखेको हो । नशामा लठ्ठ परेर होइनउनले भने ।संवैधानिक इजालसमा बहुमतप्राप्त प्रधानमन्त्रीलाई काम गर्न नदिएको अवस्थामा के गर्ने भनेर प्रधानन्यायाधीशले बारम्बार प्रश्न गरेको भन्दै नेता थापाले बहुमतप्राप्त प्रधानमन्त्रीले संसद भंग गरे कि घर बस्ने घर बस्न मन नलागे वनमा बस्ने भन्दै व्यंग्य समेत गरे ।

उनले संविधानमै नभएको व्यवस्थाअनुसार संसद विघटन गरेकै कारण पूर्वन्यायाधीशहरू समेत एक ठाउँमा उभिएर सरकारको ध्यानाकर्षणसमेत गराएको बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *