बुटवलमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रुपन्देहीको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा शुक्रबार बिहान एक कोरोना संक्रमितको ज्यान गएको छ। प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का ६४ वर्षीय पुरुषको उपचारको क्रममा ज्यान गएका हो। श्वासप्रश्वासमा समस्या भएपछि उनलाई चार दिन अघि अस्पतालमा उपचारका लागि पुर्याइएको थियो।

साउन अन्तिम साता भारतबाट आएका उनी स्थानीय क्वारेन्टाइनमा बसेका थिए। त्यहि क्रममा पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकाले जानकारी दिएकाहुन। उनी दमका दीर्घरोगी रहेको र उच्च रक्तचापको औषधी पनि सेवन गरिरहेको अस्पतालले जनाएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *