बुटवलको कोरोना बिशेष अस्थायी अस्पतालमा दुईजना संक्रमितको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बुटवलको कोरोना बिशेष अस्थायी अस्पतालमा दुईजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एकजना नवलपरासी पश्चिम रामग्रामका र अर्का कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका हुन् । असोज २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षिय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो ।

यस्तै असोज १ गते अस्ताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षिय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए । रामग्रामका संक्रमित कलेजो र मिर्गौलाका तथा कपिलवसतुका संक्रमित मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको विज्ञप्तिमा उल्लेख छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *