बुटबलमा मलामी जाँदा परिवारदेखि पण्डितसम्म संक्रमित,गाउँभरि त्रास

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

‘जिउँदाको जन्ती, मर्दाको मलामी’ भन्ने भनाई नेपाली समाजमा प्रख्यात छ। तर कोरोना महामारीका बेला कसैको मृत्युमा मलामी जानु कति त्रासदीपुर्ण हुन्छ भन्ने रुपन्देहीमा देखिएको छ।

रूपन्देहीको बुटवलमा क्यान्सरबाट पीडित एक बिरामी महिलाको मृत्युपछि मलामी गएका सबै संक्रमित भएपछि अहिले गाउँभरि त्रास फैलिएको छ। मलामीबाट यसरी संक्रमण फैलियो कि परिवारका सदस्यदेखि अन्तिम संस्कार गराएका पण्डितसम्म संक्रमित भएकाछन्।

साउन १८ गते बुटवल उपमहानगरपालिका ११ कालिकानगरकी ती ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो।उनी क्यान्सरको उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । मृत्युपछि परिवारले कोरोना परीक्षण गर्न पर्छ कि भनेर अस्पताललाई सोधेका थिए। केमोथेरापीका क्रममा हृदयाघातबाट मृत्यु भएकाले अस्पतालले स्वाब संकलन नगरी नै शव पठायो।

देवरबाट पण्डितसम्म यसरी फैलियो संक्रमण
अस्पतालले आत्मविश्वासका साथ शव दिएपछि परिबारले हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरे। सामान्य मृत्यु ठानेर छिमेकी, नातागोता र गाउँले मलामी गए। उनको दाहसंस्कार गरेर आएको केही दिनमै मृतकका देवरलाई कोभिड–१९ को लक्षण देखियो। रुघा लाग्ने, ज्वरो आउने र पखाला लाग्ने हुन थालेपछि उनी शंका लागेर जचाउन अस्पताल गए। साउन २२ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आयो। मृतकका देवरमा कोरोना पोजिटिभ देखिएपछि दाहसंस्कारमा सहभागी भएकाहरूमा त्रास फैलियो। उनीहरुले परीक्षण गराउँदा उनीहरुमा पनि पोजेटिभ देखिएको बुटबल उपमहानगरपालिका मेयर शिवराज सुवेदीले बताए।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *