बीपी प्रतिष्ठान धरानमा थप तीन संक्रमितको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान तथा धरान–८ की एक महिलाको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ ।असोज २१ गते बीपी प्रतिष्ठानमा भर्ना भएकी ६२ वर्षीया बृद्धको शनिबार मृत्यु भएको हो ।

दुहवीका पुरुषलाई यही असोज १४ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । उनलाई मिर्गौलाको समस्या भएको प्रतिष्ठानले जनाएको छ । उनको आज बिहान ३स्५० मा मृत्यु भएको थियो ।

यस्तै धनकुटा अस्पतालबाट रेफर भएर असोज १६ गते भर्ना भएकी ६१ वर्षीया महिलाको बिहान ६स्४० बजे मृत्यु भएको थियो । उनलाई पनि मधुमेहको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *