बीपी प्रतिष्ठानका उपकुलपतिद्वारा आइसोलेनबाटै अवैध काम अख्तियारले छानविन गर्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानका कोरोना संक्रमित उपकुलपति डा ज्ञानेन्द्र गिरीले आइसोलेसनबाट अवैध काम गर्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ। सरकारी पदमा बहाल भएको कोरोना संक्रमित व्यक्तिले संक्रमण निको नभइन्जेलसम्म कुनै पनि काम कार्वाहि गर्न नपाउने नियमलाई अवज्ञा गर्दै गिरीले कर्मचारी नियुक्ति, सरुवा र विना टेण्डर औषधि उपकरण खरिद गरेपछि अख्तियारले प्रतिष्ठानमा छानविन सुरु गरेको हो। कोरोना संक्रमित भएर प्रतिष्ठानको निवासमा आइसोलेसनमा बसेका गिरीले २५ जना हेल्परको नियुक्ति, खरिद र इन्जिनियरिङखाका कर्मचारीहरुको सरुवा र प्रतिष्ठानमा आवश्यक औषधि उपकरण विना टेण्डर खरिद गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले छानविन प्रकृया अगाडि बढाएको छ।

लक डाउनको समयमा प्रधानमनत्री केपी ओलीले नियुक्त गरेका उपकुलपति गिरीले प्रतिष्ठानको नियमावली विपरित काम गर्न थालेपछि अख्तियारमा उजुरी परेको थियो। सोहि उजुरीका आधारमा प्रतिष्ठानमा भएका अवैध कामको छानविन प्रकृयालाई अगाडि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख प्रकास पौडेलले बताएका छन्। उनले प्रतिष्ठानमा नियम विपरित भएका सबै कामको बुदागत रुपमा विवरण माग गरिएको पनि जानकारी दिएका छन्।

उपकुलपति गिरीले आर्थिक रुपमा धरासायी बनेको बीपी प्रतिष्ठानमा चिकित्सक र कर्मचारीलाई भदौ महिनाको तलव खुवाउन नसकि रहेको अवस्थामा आफू निकटका व्यक्तिलाई कर्मचारीमा भर्ती गरी थप आर्थिक भार पारेको भन्दै पतिष्ठानकै चिकित्सक र अन्य कर्मचारीले विरोध जनाएका छन्।

प्रतिष्ठानको कर्मचारी समन्वय समितिका संयोजक महेश्वर राईले नियमि विपरीत उपकुलपति गिरीले कर्मचारीको सरुवा गरेको भन्दै आपत्ति जनाएका छन्। उनले प्रतिष्ठानमा भएका अवैध कृयाकलाप बन्द गर्न रजिष्ट्रार डा। मोहनचन्द्र रेग्मीलाई भेटेर ध्यानाकर्षण गराएको बताए।

छदिनदेखि आन्दोलनमा उत्रिएका प्रतिष्ठानका सिनियर चिकित्सकहरुले चायज मागलाई सम्बोधन गर्न उपकुपति गिरी लगायतका पदाधिकारीहरुले चासो नदेखाएको आरोप लगाएका छन्। चिकित्सकहरुको आन्दोलनको नेतृत्व गरेका प्रतिष्ठानका डा विष्णु पोखरेलले उपकुलपति लगायतका पदाधिकारीहरुलाई अवैध काम बन्द गरेर प्रतिष्ठान सुधारको काम गर्न अनुरोध गरेका छन्।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *