बिश्व पर्यटन दिवसको अबसरमा बागलुङका लोक गायक रामजी नेपालीले गाए ५० देशको राष्ट्रिय गीत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बिश्व ब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का बिच देशमा सबै क्षेत्र ठप्प भएको बेला बिश्व पर्यटन दिवसको अबसर पारेर बागलुङका लोक गायक रामजी नेपालीले ५० देशको राष्ट्रिय गीत गाएका छन् ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाले कोरोना भाइरस कोभिड १९ का जोखिम बिच भर्चुअल माध्यम बाट गायक नेपालीले बिश्व पर्यटन दिवसको सन्देश दिदै ५० देशको राष्ट्रिय गीत गाएर एउटा अदभूत कला प्रर्दशन गरेका थिए ।

बागलुङ नगरपालिका–६ भीरलाङ्खुरीका ४१ वर्षीय राष्ट्रगान गाउने र विश्वका २३२ वटै देशमा पुग्ने लक्ष्य लिएका छन् । नेपाल सहित भारत, चीन, अमेरिका, अष्ट्रेलिया, पाकिस्तान, रसिया, बेल्जियम, रसिया, स्वीजरल्याण्ड, फ्रान्स, इटाली, जापान, कोरिया, नेदरल्याण्ड, स्पेन, ब्राजिल, पोर्चुगल, कतार बहराइन, सिंगापूर, श्रीलंका, बंगलादेश, माल्दिब्स, जर्मनी, थाइल्याण्ड, डेनमार्क, मलेसिया लगायत ५० देशका राष्ट्रिय गीत प्रस्तुत गरेका थिए ।

कोरोनाकै कारण अब यात्राको त्यो योजना र लक्ष्य पछि धकेलिने निश्चित छ । ‘विश्व बन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावना’को सन्देशसहित उहाँ विश्वयात्रामा निस्केका थिए । महामारी नभएको भए यतिबेला गायक रामजी नेपाली विभिन्न देशको यात्रारत हुन्थ्थे । चीनको वुहानबाट कोरोना भाइरसको फैलावट बढ्दै जाँदा नेपालीको विश्वयात्रा भने अपरझट रोकियो । भारतका सात प्रान्त घुमेर बङ्गलादेश जाने क्रममा गत पुसमा सिलुगढीबाट नेपाल फर्किएका थिए ।

स्थिति प्रतिकूल हुँदा पनि आफुले तनाव नलिइयो समयको सदुपयोग गरेर अहिले म ६५ देशका राष्ट्रगान गाउन सक्ने भएँको वताएका छन् ।

 

बुद्ध र सगरमाथाको देशका रुपमा नेपालको चिनारी बोकेर विदेश पुग्दा गौरवबोध भएको नेपालीले वताए । चाँडै स्थिति ठिकठाक भएर आफ्नो विश्वयात्रा फेरि शुरु हुने वताए । विश्वयात्राका लागि अहिलेसम्म कतैबाट कुनै सहयोग नलिइ आफ्नै खर्चमा हिँडेको उनको भनाइ छ ।
१९४ देशकै राष्ट्रगान र तिनका ट्र्याक सङ्कलन गरिसकेको भन्दै सवै गाउँने शंकल्प गरेका छन् ।
संसारका विभिन्न भाषामा बनेका राष्ट्रगान सही ढङ्गले गाउनु चुनौतीपूर्ण विषय भएको वताए । राष्ट्रिय गान र विश्वयात्रामा सक्रिय नेपाली व्यवसायिक रुपमै गायनमा सक्रिय कलाकार हुन् । ०५२ सालमा ’घुम्न जाउँला कान्छी बागलुङ बजार’ बोलको गीत गाएर सांगीतिक यात्रा सुरु गरेका नेपालीको ०५९ सालमा युवाहरुलाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘जवानीमा तानेको गाँजा, अहिले मलाई लाइराछ नमजा’ गीतले सर्वाधिक चर्चा बटुलेको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *