बिरामीको मृत्यु पछि चितवन मेडिकल कलेजमा तोडफोड, प्रहरीद्वारा अश्रुग्यास प्रहार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विरामिको उपचारका क्रममा मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तनाव भएको छ। नवलपुरको मध्यविन्दु वडा न ९ कि ३२ वर्षिया आशा ज्ञावालीको मृत्युको विषयलाई लिएर भरतपुर स्थित चितवन मेडिकल कलेज तनावग्रस्त वनेको हो । असोज २६ गते अप्रेशन भएको ज्ञवालीको हिजो उपचारकै क्रममा मुत्यु भएको थियो । नाकको उपचार गर्न गएका सामान्य बिरामीको अस्पतालकै लापारबाहीले निधन भएको आफन्तको आरोप छ । भने अस्पतालले भने घटनाको छानविन गर्न समिति समेत बनाईसकेको अवस्थामा तोडफोड हुनलाई अपस्ताललाई गम्भीर रुपमा लिएको जनाएको छ। मृत्तकका अभिभावक र स्थानीयले अस्पतालमा प्रदर्शन र तोडफोड समेत गरेका थिए । भने झण्डै ४० मिनेट बढी समय अस्पतालमा प्रहरी र प्रर्दशनकारी विच ईटा, ढुगां हानाहान भएको थियो ।

चितवन प्रहरीले तोडफोडमा संकलन आधा दर्जन बढीलाई नियन्त्रणमा समेत लिएको छ । अस्पतालमा लापर्बाहीको कारण मृत्यु भएको भन्दै आफन्तहरुले अस्पतालमा प्रदर्शन गर्नुका साथै तोडफोड समेत गरेका थिए । यता, अस्पताल प्रशासनले भने अस्पतालको तर्फबाट कुनै कमजोरी नभएको र उपचारमा सक्दो प्रयास गरेको अस्पतालको निर्देशक डा। दयाराम लम्साल बताउँछन् । अस्पतालमा तनाव भएपछि मेडिकल कलेजले ज्ञवालीको शव अहिले भरतपुर सरकारी अस्पतालमा पठाइएको जनाइएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *