बिभिन्न देशको स्वार्थबाट जोगिनुपर्ने माधव कुमार नेपालको भनाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले मुलुकलाई समृद्धि र विकासमा सरकार बढि केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

शनिबार सञ्चार केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाले मुलुकलाई समृद्धि र विकासको पथमा अघि बढाउन अहिलेको समय अनुकुल रहेकोले यसतर्फ सरकार बढि केन्द्रित हुनुपर्ने बताउनुभएको हो । लामो अन्तरालपछि चिनको राष्ट्रपतिको नेपाल भ्रणम हुनु नेपालका लागी गौरवको बिषय भएको भन्दै चिनियाँ राष्ट्रपति दुई दिने नेपालको राजकीय भ्रमणमा आउँदा विश्वको आँखा नेपालतर्फ परेको धारणा राख्नुभयो ।

बिभिन्न देशको स्वार्थबाट नेपाल जोगिनुपर्ने भन्दै उहाले पञ्चशिलका आधारमा नेपालको परराष्ट्रनीति अघि बढ्नुपर्ने पनि बताउनुभयो । उहाले अब आफूहरुको लक्ष्य भनेको नै सामाजिक तथा आर्थिक रुपान्तरण नै भएकोले यसतर्फ सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्ने जिकिर गर्नुभयो ।

त्यस्तै, उहाले मुलुकमा लगानीको उचित वातावरण निर्माण बनेको भन्दै गैर आवासिय नेपालीले नेपालमा लगानी गरि मुलुकको बिकासमा योगदान गर्नुपर्ने तर्क गर्नुभयो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *