बिके कर परामर्श केन्द्र फर्म पसामा राजश्व अनुसनधानको छापा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

वीरगंज, वीरगंजको पानीटंकी स्थित रहेको बिके कर परामर्श केन्द्र फर्ममा राजश्व अनुसनधान कार्यालय पथ्लैया बाराको टोलीले छापा मारेको छ ।

आइतबार दिउसो ५ बजेको समयमा राजश्व अनुशनधान कार्यालय पथ्लैयाको टोलीले कर भ्याट छलीमा सहयोग गरेको आरोपमा अडिटर विनोद मण्डलले संचालन गरेको बिके कर परामर्श केन्द्र फर्ममा छापा मारेको हो ।

राजश्व अनुसनधानको टोलीले छापामारी गरेर कार्यालयमा रहेको विभिन्न कागजपत्र आफनोे नियन्त्रणमा लिएको छ । बीरगञ्जमा नाम चलेका ठुला ठुला उद्योगी व्यापारीहरुलाई फाइदा पुग्ने गरी कर भ्याट छलीमा सहयोग गरिरहेको सुचना आएपछि छापामारी गरिएको छापामारीमा संलग्न अधिकृतले जानकारी दिएका छन ।

आफनै घरमा कार्यालय संचालन गरेको अडिटर मण्डलले राजश्व अनुसनधानको टोली आएको खबर पाएपछि फरार भएका थिए । बीरगञ्जको पानीटंकी जस्तो महंगो एरीयामा ६ महिना अगाडी मात्र अडिटर मण्डलले करोडौ रुपैयामा आलीशान घर खरिद गरेर आफनो कार्यालय संचालन गर्दै आएका छन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *