बाेल्न नसक्ने युवतीमाथि सामूहिक बलात्कार,घटना ढाकछोप गर्ने प्रयास

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महोत्तरीको रामगोपालपुर नगरपालिकामा बोल्न नसक्ने एक महिलामाथि भएको सामूहिक बलात्कारको घटना ढाकछोप गर्ने प्रयास भएको छ।

राजनीतिक शक्ति र पैसाको चलखेल गरी घटना मिलाउने प्रयास गरेको स्थानीयले बताएका छन । साउन १० गते राति ९ बजे रामगोपालपुर नगरपालिका ५ की बोल्न नसक्ने एक ३५ वर्षीया महिला शौच गर्न गएको बेला स्थानीय दुई युवकले रुमालले मुख बाँधेर उखुबारीमा लगेर बलात्कार गरेका थिए।

घरबाट करिब ३ सय मिटर दक्षिण उखु खेतमा महिलामाथि बलात्कार भएको थियो। त्यस क्रममा महिला चिच्याएपछि स्थानीयले थाहा पाउँदा दुवै युवक भागेका थिए। दुवै युवकको कपडा र मोबाइल घटनास्थलबाटै प्रहरीले बरामद गरेको थियो। पीडितका अनुसार स्थानीय २६ वर्षीय जितु मण्डल र खुर्के मुखियाले बलात्कार गरेका थिए।

घटनाको भोलिपल्ट साउन ११ गते पीडितले स्थानीय इलाका प्रहरी कर्यालय रामगोपालपुरमा उजुरी दिएपनि हालसम्म प्रहरीले बलात्कार आरोपीलाई पक्राउ गर्न सकेको छैन। घटनालाई पावर र पैसाको बलमा स्थानीय राजनीतिकर्मीहरुले दुवै पक्षलाई मिलाउने प्रयास गरेको एक स्थानीयले बताए। फरार भनिएका युवाहरु खुलेआम घुमिरहेका स्थानीयले बताएका छन ।

घटनास्थलबाट बरामद भएको दुई युवकको कपडा मोबाइल तथा पीडितले दिएको उजुरी आधारमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *