बालोन डिओर अवार्ड :पहिलो चरणमा ३० खेलाडी छनोट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – यसवर्षको बालोन डिओर अवार्डमा समावेश हुने तीस खेलाडीहरुको प्रारम्भिक सूचि सार्वजनिक भएको छ । सन् २०१९ को अवार्डका लागि सार्वजनिक गरिएको सूचिमा लिभरपुलका सात खेलाडी परेका छन् ।

लिभरपुलका मोहमद सलाह, साडियो माने, रोबर्टो फिर्मिन्हो, अलेक्जेन्डर, जर्जिन्हो र एलिसन सूचिमा अटाएका हुन् । यस्तै म्यानचेष्टर रहिम स्टर्लिङ, रियाद महरेज, केभिन डी ब्रुईन, बर्नाल्र्डो सिल्भा र सर्जियो अग्युरो सूचिमा छन् ।

यस्तै टोटेनह्यामका ह्युगो लोरिस र सन ह्युङ मिन समेत सूचिमा अटाएका छन् । बार्सिलोनाबाट मेस्सी सहित फ्रेनकी डी जोङ, एन्टोनी ग्रिजम्यान र मार्क आन्दे परेका छन् । आर्सनलबाट पियरिक एम्रिक अबुमियाङ समेत टोलीमा अटाएका छन् ।

रियल मड्रिडका ईडेन हजार्डले समेत सूचिमा स्थान बनाएका छन् । पछिल्ला दश बर्षमा अवार्डमाथि दबाब राख्दै आएका रोनाल्डोपनि प्रारम्भिक सूचिमा छन् । तर केही चर्चित खेलाडी भने प्रारम्भिक सूचिमा पर्न सकेनन । सूचिमा पर्न नसक्नेमा पीएसजीका नेयमार, म्यानचेष्टर युनाईटेडका पाउल पोग्बा लगायतका खेलाडी छन ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *