बालिकाहरुलाई पढाउने बहानामा संवेदनशिल अंगमा हात हाल्ने शिक्षक पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

गोरखा – गोरखाको सिरानचोक गाउँपालिकामा रहेको एक बिद्यालयमा अध्ययनरत ४ जना बालिकाहरुलाई पढाउने बहानामा संवेदनशिल अंगमा हात हाल्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सिरानचोक गाउँपालिका ७ को तल्लो गोहोरेमा रहेको श्री जन कल्याण माविका छात्राहरुलाई यौन दुरुपयोग गर्ने रौतहट चन्द्रपुर नगरपालिका ८ का जलेन्द्र चौधरीलाई गोरखा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक प्रकाश दाहालले दिएको जनाकारी अनुसार सोही बिद्यालयमा अध्ययनरत १३ र १४ बर्षकी ४ जना बालिकालाई पटक पटक पढाउने बहानामा शरिरको संवेदनशिल अंगमा छुने, सुमसुमाउने गरेको भन्दै पिडीत बिद्यार्थीहरुले उजुरी दिए पछी चौधरीलाई प्रहरीले पक्राउ गरको हो ।

प्रहरीका अनुसार (नाम परिवर्तन) १४ बर्षिया ‘ह’, ‘त्र’ र ‘ज्ञ’ कुमारीकासाथै १३ बर्षिया ‘क्ष’ कुमारीलाई विभिन्न समयमा विभिन्न बहानामा यौन दुरुपयोग गरेको र आफुले गरेको क्रियाकलापका बिषयमा अभिभावक तथा विद्यालय ब्यवस्थापनलाई भनेमा राम्रो नहुने धम्की दिदै आएका थिए ।

चौधरीलाई प्रहरीले सोमबार नै पक्राउ गरेको र आज (मङ्गलबार) बालयौन दुरुपयोग कसुर शिर्षकमा गोरखा जिल्ला अदालतमा मुद्वा दर्ता गरी थप अनुसन्धान थालीएको कार्यालयले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *