बालाजुको मनमैजुस्थीत जुवाखालबाट ६ लाख सहित १६ जुवाडे प्रहरीको फन्दामा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ – काठमाडौंको मनमैजुबाट ६ लाख २५ हजार रुपैयाँसहित १६ जुवाडेलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले नगद ६ लाख २५ हजार रुपैयाँसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको हो ।

तार्केश्वर नगरपालिका–९ शुभकामना चोकस्थित दिनेश पन्तको कोठामा अवैध जुवा सञ्चालन हुनेगरेको गोप्य सूचनाको आधारमा १६ जुवाडेलाई शुक्रबार नियन्त्रणमा लिइएको बालाजुका डीएसपी रन्जित सिंह राठौरले जानकारी दिएकाछन् ।
पक्राउ परेका सबैलाई अहिले प्रहरी वृत्त बालाजुमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उक्त क्षेत्रमा लामो समयदेखि जुवाखालहरू सञ्चालन हुँदै आइरहेका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *