बालक च्यापेकी महिलालाई पिट्ने इन्स्पेक्टर कारबाहीमा परे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं- हेमा श्रेष्ठमाथि लाठी प्रहार गर्ने प्रहरी निरिक्षक इन्स्पेक्टर देवीप्रसाद पौडेल विभागीय कारबाहीमा परेका छन् । प्रारम्भिक छानबिनमा गल्ती देखिएपछि प्रहरी परिसर ललितपुर तानिएका इन्स्पेक्टर पौडेल विभागीय कारबाहीमा परेका हुन् । उनले कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपटि व्यापक विरोध भएको थियो ।

प्रहरी प्रधान कार्यालयबाट निर्देशनपछि ललितपुर प्रहरी परिसरले छानविन शुरु गरेको थियो । निर्देशनपछि ललितपुर प्रहरीले प्रहरी उपरीक्षक एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको थियो । सोहि समितिले प्रहरी नियमावली बमोजिम कारबाही सिफारिस प्रहरीले जानकारी दिएको छ । प्रहरी नियमावलीमा दर्जा घटुवा, बढुवा रोक्का गर्न सक्ने र नसिहत दिने व्यवस्था रहेको छ।

हेम खत्रीको घरमा श्रेष्ठमाथि लाठी प्रहार गर्ने इन्स्पेक्टर पौडेल महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट प्रहरी परिसर ललितपुर तानिएका थिए ।

हेमालाई गत साता भैसेपाटीस्थित पूर्व जर्नेल हेम खत्रीको निवासमा प्रहरीले निर्मम कुटपिट गरेको थियो । माला शाह नाम गरेकी एक महिलाले आफुलाई हेम खत्रीले लामो समय सम्बन्धमा रहेर धोका दिएको दावी गर्दै खत्रीको घर घेर्न केही अधिकारवादीलाई लिएर पुगेकी थिइन् ।

जसमा दुधे बालक च्यापेर हेमा पनि पुगेकी थिइन् । घरबाट महिलाहरुलाई निकाल्नेक्रममा इन्स्पेक्टर पौडेलले बालक च्यापिरहेकी हेमालाई लखेटी लखेटी पिटेका थिए। भैँसेपाटी प्रहरी प्रभागका प्रमुख पौडेल आफै घटनास्थल पुगेर महिलामाथि हातपातमा उत्रिएका थिए। हाम्राकुराबाट सांभार

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *