बारामा सडक दुर्घटनामा परी तीनको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बारामा आइतबार सडक दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । बाराको पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत निजगढ पथलैया सडक खण्ड अन्तगत जितपुरसिमरा उपमहानगरपालिका १ स्थित दुधौरा पुल नजिकै भएको दुर्घटनामा परी एकै घरका ३ जनाको मृत्यु भएको हो ।

बाराको पथलैयाबाट निजगढ आउदै गरेको ना ४ ख नंम्बरको बसले निजगढबाट पथलैयातर्फ जादै गरेको प्रदेश नं. २–०३–००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटीमा सवार तीन जनाको घटनास्थलमै मुत्यु भएको हो ।
मुत्युहुनेमा निजगढ नगरपालिका वडा नं. १० लालका २५ बर्षय तिर्थमान स्यांतान, उनकी २२ बर्षय श्रीमती ज्योती स्यांतान र उनका १ बर्षय छोराको घटनास्थलमै मूत्यु भएको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी नायब उपरिक्षक गैतम मित्रले जानकारी दिए ।

दुर्घटनामा पछि बस प्रहरी नियन्त्रणमा लिएता पनि बस चालक फरार रहेको र उनको खोज तलास भईरहेको प्रहरीले बताएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *