बारामा प्रहरीको गोली लागी एक भातीय नागरिक घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बारामा प्रहरीको गोलि एक जना भारतीय घाइते भएका छन ।बाराको सिम्रौनगढ नगरपालिका ९ सानो बंकुलमा प्रहरीलाई गोली हान्न खोज्ने एक जना भारतीय नागरिकलाई प्रहरीले बारामा गोली हानेर पक्राउ गरेको छ ।

बुधबार दिउँसो साढे ३ बजे सिम्रौनगढ नगरपालिका ९ सानो बंकुलमा ड्युटिमा रहेको प्रहरीमाथि पेस्तोल हान्ने प्रयास गरेका भारतीय नागरिक २८ वर्षका बृजकिशोर कुशवाहलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका कुशवाहमाथि शंका लागि रोक्न खोज्दा प्रहरी टोलीले लखेट्ने क्रममा प्रहरीमाथि पेस्तोल हानेका थिए तर उनको पेस्तोल पड्किएन र प्रहरीले ३०३ राइफलबाट १ राउण्ड फायर गर्दा कुशवाहको बाया पाखुरामामा गोली लागेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

गोली लागेर ढलेपछि नियन्त्रणमा लिई प्रहरीले सिम्रौनगढको कंकाली पोलिक्लिनिकमा उपचार गराएको छ । उनको अवस्था सामान्य रहेको र उनको साथबाट पेस्तोल र त्यसमा लोड भएको ४ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *