बारामा चट्याङ पर्दा ४ महिलाको ज्यान गयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बारामा विहिबार विहान चट्याङमा परेर ४ महिलाको ज्यान गएको छ । कलैया उपमहानगरपालिका र फेटा गाँउपालिकामा दुई–दुई जनाको ज्यान गएको बारा प्रहरीले जानकारी दिएको छ । कलैया उपमहानगरपालिका–१२ शितलपुरमा रोपाइ गरिरहेको समयमा ज्यान गएको हो ।

चट्याङ लागी ज्यान गुमाउनेमा ३५ वर्षीया आशादेवी महतो र ४५ वर्षीया हलिमा खातुन रहेका छन् । त्यस्तै फेटाको एक घरमा चट्याङ लग्दा एकै घरका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनारपतिदेवी महतोको पनी ज्यान गएको छ । चट्याङ लागेर फेटामा पाँच जना घाइते समेत भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *