बारामा काठ तस्कर र वन रक्षकबीच गोली हानाहान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बारामा काठ तस्कर र वन रक्षकबीच गोली हानाहान भएको छ । गएरिति बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं १७ जैतापुरमा करिब १:३० बजेको समयमा वन गस्ती समुह र काठ तस्करको समुह बिच गोली हानाहान भएको हो ।

वन गस्ती समुहलाई लक्षित गरेर तस्कर समूहले २ राउड गोली चलाएपछि वन गस्ती टोलीले पनि जवाफि १ राउड फायरिङ गरको डिभिजन वन कार्यालय बाराले जनाएको छ । मधुवन सव डिभिजन वन कार्यालय अन्तरगत जैतापुर पोट र हलखोरिया साझेदारी वनको डकार पोटको समुहगत गस्ती गर्नेक्रममा १० थान साईकल र १० थान गोलाई सहितको तस्कर समुह र वन गस्ती समुह बिच गोली हानाहान भएको हो ।

जवाफी फायरीङ गरेपछि १० थान गोलाई सहित १ जना काठ तस्कर प्रक्राउ परेका छन भने अन्य काठ तस्करहरु काठ छाडेर फरार रहेका छन । प्रक्राउ पर्नेमा बाराको करौयामाई गाउँपालिका वडा नं ४ का करिब ४८ वर्ष उमेर भएका स्माईल मियाँ रहेको डिभिजन बन कार्यालय बाराका प्रमुख मन्जुर अहमतले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *