बादे बादे जायेते तत्वबोध

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वरिष्ठ सच्चारकर्मी राजेन्द्र बानीया-

पृथ्वीनारायण नगरपालिकाको नाम परिबर्तन गरि गोरखा राख्ने तर सुरुङ्ग मार्गको नाम पोस्टबहादुर बोगटी किन राख्न पर्यो भन्ने प्रस्नमा एकजना पृय भाइको ठुलै आपत्ति रह्यो, बिचारमा भिन्नता अनि बहस ,ठिक छ नि । बादे बादे जायेते तत्वबोध ।

पृय भाइ,
सबभन्दा पहिला तपाइँको जोश,जाँगर,बिचार अनि प्रतिकृयाप्रती सम्मान गर्दछु । म तपाईका जिज्ञासाको जवाफ सामाजिक सन्जालमा दिन चाहन्न्थेँ,तर तपाईले फायर खोलेसी मैले नि टृगर दबाएँ । पहिलो कुरा शिक्षाको कुरा किन नउठाको भन्नुभाको छ,कि तपाईले आफ्नो रुचिको कुरा चाल्नो हालेर सुन्नुभो,नत्र कपास ।

दोश्रो तपाईँले मलाई राजा ल्याउन लागेको आरोप लगाउनु भएको छ । ठिकै हो, तपाईले पढेका वाद र दर्शनमा बिरोधीलाई कि तियानमेन स्क्वायरमा लगेर मारिन्छ कि चिम्निमा हालिन्छ,नसके प्रतिक्रियावादीको आरोप लगाइन्छ । यो तपाईँको दोश होइन,एक राजा फालेर महाराजा उत्पादन गर्ने कारखानाको दोश हो । यति भनौ,तपाईँले गणतन्त्रका लागि कसैको परिवार,घर अनि ब्यक्तिगत सम्पतिमाथी धावा बोल्नुभो होला मैले कलम र माइकको सहारा लिएँ होला ।

अर्को कुरा प्रष्ट हुनुहोला,बम र बारुदको सहारा हुतिहाराले लिने हो,हामीजस्ता भौतिक दुर्बल र मानसिक स्वस्थले बिचार र आवाजको । हेर्नुहोला,यो लुटको अकण्टक भोजमा बीस होइन यति गुलियो मिसिनेछ,यी आज बालुवाटारका हुँडारहरु त्यसैको मधुमेहले सिंहदरबारमा बिरामी पर्छन् अनि जनताले घाटेबैध्यकोमा पुर्याइदिनेछन् । तपाईलाई बोगटीको नाममा सुरुङ मार्ग राखेकोमा बिरोध गर्दा यति आपत्ति? हो त्यही भएर सकेको छिट्टो तपाईहरुलाई ज्योती बसुको आँगनको पाहुना बनाउँछन् जनताले ।

तपाईलाई त झुट बोलेर सत्ता परिबर्तन अनि जीवन परिबर्तन भन्नेहरु आज पक्कु खाँदै छन्,उनको रुमानी बन्दुक जुधाइमा बहिनी र जवानी गुमाएकाले लेख्न नि नपाउनु? कि मेरा परिवारको रगत पानी?भो छाड्नुस् म भाइ त ढिलो नै सहि गोठ फर्केर आउँछन् भन्ने बिस्वासको मान्छे के जवाफ फर्काउनु ? लड्नु ती बुढी गण्डकिमा ९ अर्ब घप्लक्क गर्नेसङ्ग छ ,लड्नु बालुवाटारको जग्गा साट्फेर गर्नेसङ्ग छ,जनताको करमा गणतन्त्रमा युबराज पाल्नेसङ्ग छ अनि बिमाको लोभमा सामुहिक कोरोना पोजिटिभ देखाएर दुई दिनमै म त चङ्गा भन्ने सङ्ग छ । हुन्छ भाई,तपाईं र म लड्नै परे बिकृतिका बिरुद्दमा सङ्गै लडौ न हुन्न ?आजसम्म तपाईका रुकुमका जनतालाई सिज अभियान भनेर मर्न पठाउने र मेरा गोर्खाका जनतालाई राज्य बिस्तारका नाममा मर्न पठाउनेमा को ठिक ?यो के प्रश्न भो र?

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *