बाढीपहिरोको कहर – म्याग्दीमा बाढी र पहिरोमा परी २९ जना बेपत्ता,खोजी जारी
गएरातीदेखि परेको अविरल वर्षाका कारण म्याग्दीका विभिन्न स्थानमा गएको बाढी तथा आउको पहिरोमा परी एक जनाको ज्यान गएको छ भने २९ जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख डीएसपी किरणजंग कुँवरले दिएको जानकारीअनुसार बिहीबार राति विभिन्न स्थानमा आएको बाढी तथा पहिरोमा परी २९ जना सम्पर्कविहीन रहेका छन्।
‘३० जना बेपत्ता भएकोमा एक जनाको शव भेटिएको छ,’ डीएसपी कुँवरले भने, ‘अन्य २९/जनाको खोजी भइरहेको छ।उनका अनुसार शव भेटिएका व्यक्तिको नाम ललिमान छन्त्याल हुन्। ५० वर्षीय उनी रघुगंगा गाउँपालिका वडा नम्बर ६ का बासिन्दा हुन्।
‘विभिन्न स्थानबाट आएका सूचनाअनुसार २९ जनाको सम्पर्कविहीन छन्,’ डीएसपी कुँवरले भने, ‘कतै बाढी कतै खोलामा परेर बेपत्ता भएका हुन्। पत्ता लगाउने र खोजी गर्ने क्रम जारी छ।’बर्षार बाटो विग्रीएकाले उद्धारकार्यमा समस्या देखिएको छ ।