बाढिपहिरोको कहर संखुवासभामा पहिरोले आठ घर बगाउदा ११ जना बेपत्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

देशभर मनसुन सक्रिय भएदेखी बाढिपहिरो जानेक्रम अझै जारी नै रहेको छ । पछिल्लो पटक संखुवासभाको सिलिचोङ गाउँपालिकामा शनिबार राति पहिरोले आठ घर बगाउँदा ११ जना वेपत्ता भएका छन् ।

गाउँपालिका अध्यक्ष रामबहादुर राईका अनुसार वडा नं १ सेचिलामा पहिरो गएको हो। राति २ बजे आएको पहिरोले बगाएर वेपत्ता भएकाहरुको खोजी सुरु भएको राईले जानकारी दिए।

स्थानीय चौकीबाट प्रहरी घटनास्थलमा पुगिसकेको छ भने जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली त्यसतर्फ जाने तयारी भइरहको छ। तर, लगातार वर्षा भइरहेको कारण उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष राईले बताए।

उनका अनुसार घटनास्थलमा अहिले पनि वर्षा भइरहेको छ। घटनास्थल जिल्ला सदरमुकाम खाँदबारीदेखि ६० किलोमिटर टाढा पर्दछ । वर्षा अझै केहिदिन रहने भएकोले थप सावधानी अपनाउन जरुरी देखिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *